दफा ११९
सहमति बिना भिन्न बस्न नहुने

(१) आमा वा बाबुको सहमति बिना छोरा छोरीले आमा बाबुबाट भिन्न बस्न पाउने छैनन्।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै अवस्थामा छोरा छोरी आमा बाबुबाट भिन्न बस्न सक्ने छन्ः–
(क) आमा बाबुबाट कानून बमोजिम अंश लिई वा नलिई छुट्टिएकोमा,
(ख) निजले विवाह गरेकोमा,
(ग) निजको उमेर कम्तीमा एक्काईस वर्ष पूरा भएकोमा, वा
(घ) निजले रोजगारी प्राप्त गरिसकेकोमा ।